महतोको समर्थन नपाई सत्तास्वार्थ पूरा गर्न नसकेर वक्तव्यवाजी गर्नेहरूको बुमेराङ साँच्चै हेर्नलायक छ : सुर्य थापा — OSNepal

महतोको समर्थन नपाई सत्तास्वार्थ पूरा गर्न नसकेर वक्तव्यवाजी गर्नेहरूको बुमेराङ साँच्चै हेर्नलायक छ : सुर्य थापा

LC (KTM) June 06, 2021 0

काठमाडौँ २३ जेठ । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहाकार सुर्य थापाले उपप्रधानमन्त्री राजेन्द्र महतोको समर्थन नपाई सत्तास्वार्थ पूरा गर्न नसकेर वक्तव्यवाजी गर्नेहरूको बुमेराङ साँच्चै हेर्न लायक भएको भन्दै टिप्पणी गरेका छन् । प्राय: नै गठबन्धन सरकारमा मन्त्रीहरूका अभिव्यक्ति विवादास्पद हुने गरेकोमा त्यसका पछिल्लो पात्र को रुपमा राजेन्द्र महतोको अभिव्यक्ति परेको भन्दै थापाले आज ट्वीटर मार्फत यस्तो टिप्पणी गरेका हुन् ।

थापाले ट्वीटरमा लेखेका छन्, प्राय: नै गठबन्धन सरकारमा मन्त्रीहरूका अभिव्यक्ति विवादास्पद हुनेगरेका पाइन्छन्। उपप्रधानमन्त्री राजेन्द्र महतो त्यसका पछिल्लो पात्र बने,तर दुई दिनमै गल्ती सच्याए।
महतोको समर्थन नपाई सत्तास्वार्थ पूरा गर्न नसकेर वक्तव्यवाजी गर्नेहरूको बुमेराङ साँच्चै हेर्नलायक छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर