रुस र युक्रेनबीच शान्ति वार्ता सुरु — OSNepal

रुस र युक्रेनबीच शान्ति वार्ता सुरु

LC (KTM) February 28, 2022 0

काठमाडौं । रुसी सेनाले युक्रेनमा आक्रमण सुरु गरेको पाँचौँ दिनमा युक्रेन र रुसबिच शान्ति वार्ता सुरु भएको छ । दुई पक्ष बिच वार्ता युक्रेनसँगको सीमा क्षेत्रमा पर्ने बेलारुसको एक क्षेत्रमा भइरहेको बताइएको छ ।

अहिले सम्म रुसी सेनाको आक्रमणमा परी ३५२ जना आम नागरिकको ज्यान गएको छ भने जसमा १४ जना बालबालिका समेत रहेको बताइएको छ ।

बेलारुसको विदेश मन्त्रालयले रुस र युक्रेनबीचको वार्ताका लागि बेलारुसमा स्थान तय भएको छ । प्रतिनिधिमण्डल आउनेवाला छन् भन्दै जानकारी गराएका थिए । रुसी सेनाले युक्रेनमा आक्रमण सुरु गरेको पाँचौँ दिन दुई देशका प्रतिनिधिमण्डलले युद्ध अन्त्य गर्ने उद्देश्यले वार्ता सुरु गरेका हुन् ।

दुई पक्षबिच वार्ता सुरु भएसँगै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अबका २४ घण्टा युक्रेनका लागि महत्वपूर्ण रहने प्रतिक्रिया दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर