फेरि किभलाई निशाना बनाउँदै रुसी सेना — OSNepal

फेरि किभलाई निशाना बनाउँदै रुसी सेना

LC (KTM) March 01, 2022 0

एजेन्सी -युक्रेनमाथि रुसी हमलाको छैटौं दिन रुसी बख्तरबंदको लामो कन्भोय फेरि राजधानी किभतर्फ बढेको विभिन्न स्याटलाइट तस्विरहरुले देखाएका छन् ।

यसअघि दोस्रो ठूलो सहर खार्किभमा भएको रुसी हमलामा दजर्नौ सर्वसाधारण मारिएका विवरणहरु सार्वजनिक भएका थिए ।

राजधानीमा खतराको जनाउ दिने साइरन बजेका छन् भने सवसाधारण नागरिकलाई सरकारले घरभित्रै बस्न अनुरोध गरेको छ ।

अपराधसम्बन्धी अन्तर्राष्ट्रिय अदालतका अभियोजनकर्ताले सम्भावित युद्ध अपराधबारे रुसमाथि आफूले छानविन गर्न चाहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर