रुस र युक्रेनबीचको पहिलो चरणको वार्ता निष्कर्षविहीन, यता रुसी हमला भने जारी — OSNepal

रुस र युक्रेनबीचको पहिलो चरणको वार्ता निष्कर्षविहीन, यता रुसी हमला भने जारी

LC (KTM) March 01, 2022 0

मस्को १७ फागुन- रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला सोमबार यी दुई देशकाबीचमा पहिलो चरणको शान्ति वार्ता भएको छ ।सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो । रुसी र युक्रेनी अधिकारीहरूबीच पहिलो चरणको वार्ता सकिएको तर सो वार्ताले कुनै निष्कर्ष भने ननिकालेको अधिकारीहरुले जनाएका छन् ।

युक्रेनका अधिकारीहरुले नै यस वार्ताले त्यस्तो कुनै ठूलो नतिजा निकाल्ने अपेक्षा गरिएको बताएका छन् ।वार्तामा सहभागी अधिकारीहरु दुवै पक्ष आआफ्नो राजधानी फर्किएका छन् र उनीहरुले आवश्यक परामर्श गरी दोस्रो चरणको वार्ता गर्ने बताएका छन् ।रुस पछिल्लो चरणमा वार्ता जारी राख्न सहमत भएको थियो । सोही बमोजिम नै दुवै पक्ष वार्तामा बसेका थिए । रुस र युक्रेनले आगामी केही दिनभित्र नै अर्काे उच्चस्तरीय वार्तामा बस्ने बताएका छन् ।

उता रुसले भने पछिल्ला दिनमा युक्रेनको राजधानी किभका आवासीय क्षेत्रहरूमा रुसले हवाई आक्रमण गरेको छ । रुसले यहाँका आवासीय क्षेत्रहरुमै गोलाबारी गरिरहेको आरोप लगाइएको छ ।यसरी नागरिकको आवासीय क्षेत्रलाई निशाना बनाइरहेको भन्ने कुराको भने रुसले अस्वीकार गरेको छ । यता राजधानी किभमा भने खतराको जनाउ दिने साइरनहरु बजेका बताइएको छ ।त्यस्तै युक्रेनको उत्तरी शहर चर्निभमा पनि गोलाबारी भइरहेको बताइएको छ । रुसले युक्रेनमाथि धेरै स्थानबाट हमला गरिरहेको छ । ती स्थानहरुमा युक्रेनी फौजको प्रतिवाद भने जारी छ । जसका कारण रुसी सेना अगाडि बढ्ने गति कम भएको छ । (रासस÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर