थप ६८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा पाँच सय ३८ जना भए निको — OSNepal

थप ६८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा पाँच सय ३८ जना भए निको

LC (KTM) March 06, 2022 0

काठमाडौं २२ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा थप ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी चार हजार नौ सय २९ जनाको नमुना परीक्षण गर्दा ६८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा पाँच सय ३८ जना सङ्क्रमणमुक्त भएका छन् । साथै २ जना संक्रमितको ज्यान गएको छ ।

हाल नेपालमा ६ हजार चार सय ६१ जना संक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर