वामपन्थी नेता वर्माको निधनप्रति राष्ट्रपतिद्वारा शोक व्यक्त — OSNepal

वामपन्थी नेता वर्माको निधनप्रति राष्ट्रपतिद्वारा शोक व्यक्त

LC (KTM) March 07, 2022 0

काठमाडौँ, २३ फागुन -राष्ट्रपति विद्यादेवी भण्डारीले वामपन्थी नेता कृष्णराज वर्माको निधनबाट आफू मर्माहत भएको बताउँदै दिवङ्गत नेताप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । साथै उहाँले शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

“वरिष्ठ वामपन्थी नेता एवं किसान आन्दोलनका अगुवा कृष्णराज वर्माको निधनको खबरले म दुःखी भएको छु । दिवङ्गत नेता वर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु । नेपालको राजनीतिक आन्दोलनको इतिहासमा उहाँको योगदान चिरस्मरणीय रहनेछ”, राष्ट्रपतिले ट्वीट गर्दै भन्नुभएको छ ।वरिष्ठ वामपन्थी नेता वर्माको ९३ वर्षको उमेरमा आइतबार अपराह्न निधन भएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर