अभिनेता प्रदीप खड्काको जन्मदिनमा चलिचित्र ‘प्रकाश’को रिलिज मिति घोषणा — OSNepal

अभिनेता प्रदीप खड्काको जन्मदिनमा चलिचित्र ‘प्रकाश’को रिलिज मिति घोषणा

LC (KTM) March 10, 2022 0

काठमाडौ । अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘प्रकाश’को प्रदर्शन मिति घोषणा गरिएको छ । उक्त चलचित्रको प्रदर्शन मिति खड्काको जन्मदिन घोषणा गरिएको हो ।

भदौ १० गते प्रदर्शन मिति तय गरिएको चलचित्र ‘प्रकाश’को फर्स्टलुक सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको उक्त पोस्टरमा अभिनेता प्रदीप खड्का अहिले सम्मकै फरक अबतारमा देखा परेका छन् ।

उनिसंगै नायिका दीया मास्के पनि भिन्न अबस्थामा देखिएकी छिन् । दिनेश राउतले निर्देशन गरेको चलचित्रलाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन् ।

विकास सुवेदीको कथा रहेको यस फिल्ममा प्रदीप खड्का र दियासँगै रेनु योगी, प्रकाश घिमिरे, रामबाबु रेग्मी, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर