मिरुनालाई फकाउने प्रयास गर्दे सौगात मल्ल — OSNepal

मिरुनालाई फकाउने प्रयास गर्दे सौगात मल्ल

LC (KTM) March 14, 2022 0

काठमाडौं । रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘कबड्डी ४ः द फाइनल म्याच’ को शीर्ष गीत ‘केशरी’ सार्वजनिक गरिएको छ । एसडी योगीको संगीत तथा स्वर रहेको गीतमा अभिनेता सौगात मल्ल र अभिनेत्री मिरुना मगरलाई देखाइएको छ ।

चलचित्रका प्रमुख कलाकार सौगातले अभिनेत्री मिरुनालाई फकाउन गरेको प्रयासलाई गीतको भिडियोमा प्रस्तुत गरिएको छ । गीतमा रामअविरल विष्टको शब्द र रिकेश गुरुङको एरेन्ज रहेको छ । तल्लो मुस्ताङको हिमाली दृश्यलाई देखाइएको यो चलचित्रमा सौगात र मिरुनासँर्ग अभिनेता दयाहाङ राईको समेत मुख्य भूमिका रहेको छ ।

यस्तै, चलचित्रमा गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, उपेन्द्र सुब्बा लगायतका कलाकारको अभिनय छ । चलचित्रको लेखन भने निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले गरेका छन् ।सौर्य दैनिकमा खबर छ । यो चलचित्र आगामी १३ जेठदेखि देशव्यापी प्रशर्दनमा आउने तयारीमा रहेको निर्माण पक्षले जनाएको छ । चलचित्रलाई विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर