फिल्म ‘परस्त्री’को छायाँकनका लागि मुस्ताङ हानियो निर्माण टोली — OSNepal

फिल्म ‘परस्त्री’को छायाँकनका लागि मुस्ताङ हानियो निर्माण टोली

LC (KTM) March 14, 2022 0

काठमाडौ । कोरोनाको महामारी बिस्तारै हटे संगै नेपाली फिल्म छायाँकनमा जान थालेका छन् । छायाँकन कार्य धमाधम सुरु भए संगै लामो समय देखी थलिएको सिनेमा जगत बौरिने पक्का भएको छ । यसैक्रममा नेपाली कथानक चलचित्र परस्त्री पनि छायाँकनको दौडमा निस्किएको छ ।

सुरज पाण्डेको निर्देशनमा बन्न लागेको फिल्म ‘परस्त्री’को निर्माण टोली आइतबार नै मुस्ताङका लागि उकालो लागेको छ । फरक शैलीका सिनेमा निर्देशन तथा निर्माण गर्न माहिर युवा लेखक तथा निर्माता दिपेन्द्र के खनालले सबैभन्दा पहिला फिल्मको गीतको नै छायाँकन गरिने बताए । त्यसपछि बाकीँ दिन काठमाडौंमा छायांकन गरिनेछ ।

छायाँकनको तयारीमा जुटीरहेको फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिएको छ ।फिल्म आगामी वर्षको तिहार अर्थात कार्तिक ६ गतेबाट प्रदर्शनमा आउने खनालले जानकारी दिए । परस्त्रीमा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा लगायतका कलाकारको अभिनय रहनेछ । फिल्मलाई निरज पाण्डेले शुट गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर