नायिका करिश्मा मानन्धर वैशाख ९ गते एमाले प्रवेश गर्दै — OSNepal

नायिका करिश्मा मानन्धर वैशाख ९ गते एमाले प्रवेश गर्दै

LC (KTM) March 16, 2022 0

काठमाडौं । सदावहार नायिका करिश्मा मानन्धर अन्तत एमालेको टिका लगाउन तयार भएकी छिन् । कलाकारितामा नाम र दाम दुवै कमाएर चचाउृको शिखरमा रहेकी करिश्मा यही वैशाख ९ गते नेकपा एमालेमा प्रवेश गर्न लागेको स्रोले जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर ९ वैशाखमा उनी एमाले प्रवेश गर्न लागेकी हुन् । स्रोतका अनुसार ९ वैशाखमा करिश्मासँगै अरु पार्टी छाडेर आएकाहरु प्रवेश गर्ने कार्यक्रम राखिएको छ ।

हाल अध्ययनलाई समय दिइरहेकी नायिका मानन्धर नयाँ शक्ति पार्टीबाट राजनीतिमा सक्रिय भएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर