कांग्रेसका एक नेता दिए प्रचण्ड नेपाललाई सरकार छाड्न चुनौती — OSNepal

कांग्रेसका एक नेता दिए प्रचण्ड नेपाललाई सरकार छाड्न चुनौती

LC (KTM) March 23, 2022 0

काठमाडौं ९ चैत । नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराईले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सरकार छाड्न चुनौती दिएका छन् ।

बुधबार तनहुँको आँबुखैरेनीमा आयोजित एक कार्यक्रममा सहभागाी भएका भट्टराईले प्रचण्ड नेपाललाई यस्तो चुनौती दिएका हुन् ।

सरकारमा बसेर द्वैध चरित्र देखाएको आक्रोश पोखेका उनले सरकारमा बसेर एमसीसी पारित गर्दा राष्ट्रघाती नदेख्ने अहिले प्रधानमन्त्रीको आलोचना गर्दै हिँड्ने प्रश्न समेत गरेका छन् ।

एमसीसी पास पनि गर्ने अनि राष्ट्रघाती भन्ने प्रचण्ड नेपालले चुनावमा तालमेलको कुरा गर्न नसुहाउँने उनको बताएका छन् ।

‘एमसीसी पास पनि गर्ने अनि राष्ट्रघाती भन्ने तर चुनावमा तालमेलको कुरा गर्न सुहाउँछ ? ‘ उनले प्रश्न गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर