एमालेको केन्द्रिय कमिटिको बैठक सुरु, अध्यक्ष ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्दै — OSNepal

एमालेको केन्द्रिय कमिटिको बैठक सुरु, अध्यक्ष ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्दै

LC (KTM) March 23, 2022 0

काठमाडौं ९ चैत । नेकपा एमालेको केन्द्रिय कमिटिको बैठक सुरु भएको छ । बैठक बबरमहलस्थित कार्की बैंक्वेटमा सुरु भएको हो ।

आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्ने भएका छन् । त्यसपछि बैठकमा उक्त प्रतिवेदन माथि छलफल हुने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताएकी छन् ।

साथै, आज बसेको बैठकमा पार्टीका विभागलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय र पोलिटब्युरो कमिटी बैठकको निर्णय अनुमोदन लगायत विषयमा अध्यक्ष ओलीले पेश गरेको प्रतिवेदनमा समावेश हुने भएको छ ।

दुई दिनसम्म चल्ने बैठक स्थानीय चुनावको तयारीमा केन्द्रित हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर