एमालेको जारी केन्द्रिय कमिटि बैंठकमा ११ एजेण्डा तय — OSNepal

एमालेको जारी केन्द्रिय कमिटि बैंठकमा ११ एजेण्डा तय

LC (KTM) March 23, 2022 0

काठमाडौ ९ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बबरमहलमा जारी केन्द्रिय कमिटिको बैठकमा ११ एजेण्डा तय गरेको छ । साथै बैठकमा समसामयिक राजनीतिक विषयमा वस्तुमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने भएका छन् ।

जारी बैठकमा विभागहरूको गठन, स्थानीय निर्वाचनको मापदण्ड र सिफारिस प्रक्रिया तथा घोषणापत्र तयारी मुख्य एजेण्डा रहेका छन् । त्यसैगरी ,पार्टीको वार्षिक क्यालेन्डरको तयारी,पार्टी स्थापना दिवस,निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका जस्ता विषय पनि बैठकमा समेटिएको छ ।

सचिवालयको बैठकका निर्णयहरूको अनुमोदन ,लेखा तथा आर्थिक व्यवस्थापन विनियम लगायतमा विषय एमालेको बैठकमा छलफल हुने भएको छ ।

एमालेको जारी केन्द्रिय कमिटि बंैठकका ११ एजेण्डा तय
१. रिपोर्टिङ
२. राजनीतिक प्रतिवेदन
३. विभागहरूको गठन
४. स्थानीय निर्वाचनको मापदण्ड र सिफारिस प्रक्रिया
५. घोषणापत्र तयारी
६. पार्टीको वार्षिक क्यालेन्डरको तयारी
७. पार्टी स्थापना दिवस
८. निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका
९. सचिवालयको बैठकका निर्णयहरूको अनुमोदन
१०. लेखा तथा आर्थिक व्यवस्थापन विनियम
११. विविध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर