नेपाल गुटको यो शर्तमा एकता सम्भव छैन,अध्यक्ष ओलीको वक्तव्य मानेर आउनेलाई स्वागत गरौँ,ल्याङल्याङ अति भयो : सुर्य थापा — OSNepal

नेपाल गुटको यो शर्तमा एकता सम्भव छैन,अध्यक्ष ओलीको वक्तव्य मानेर आउनेलाई स्वागत गरौँ,ल्याङल्याङ अति भयो : सुर्य थापा

LC (KTM) June 08, 2021 0

काठमाडौँ २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जेठ२ को रटानको अध्याय सकिएको बताएका छन् । हिजो साँझ पार्टीबाट निष्काशनमा परेका माधव नेपाल समुहले पार्टी अध्यक्ष केपी ओलीले राखेको ६ बुँदे प्रस्ताव अस्विकार गर्दै संसद विघटन फिर्ता अघि सारेपछि सल्लाहाकार थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले नेपालको गुटसँग एकताका नहुने बताउँदै तेल निस्काल्न बालुवा होइन तोरी पेल्नुपर्छभन्दे नेपाल समुहलाई भनेका छन् । नेपालको यस्तो शर्तले ओलीसँग होइन ,देउवाको काँग्रेससँग हुन्छ भन्दै अध्यक्षको वक्तव्य मानेर आउनेलाई स्वागत गरौं,असंभव कोशिसलाई अब छाडौँ समेत थापाले भनेका छन । । थापाले आज ट्वीटर मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

थापाले लेखेका छन् , अब जेठ२को रटानको अध्याय सकिएको छ।
माधव कु नेपालका शर्त स्वीकारेर त एकता हुँदैन।यी शर्तमा नेपाल गुटसँग होइन,देउवाको काँग्रेससँग बरू एकता होला।तेल निस्काल्न बालुवा होइन तोरी पेल्नुपर्छ। ल्याङल्याङ अति भयो !अध्यक्षको वक्तव्य मानेर आउनेलाई स्वागत गरौं,असंभव कोशिस छोडौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर