सभापति देउवाले एमाले बलियो रहेको भन्दै कार्यकर्ताको मनोबल कमजोर बनाउने काम गरे : शेखर कोइराला — OSNepal

सभापति देउवाले एमाले बलियो रहेको भन्दै कार्यकर्ताको मनोबल कमजोर बनाउने काम गरे : शेखर कोइराला

LC (KTM) March 28, 2022 0

काठमाडौं १४ चैत । आगामी निर्वाचनमा सत्ता गठवन्धनका दलहरुसँग गठवन्धन नगर्ने भन्दै नेता डा शेखर कोइरालाले सभापति शेरबहादुर देउवाको अभिवयक्ति प्रति आपत्ती जनाएका छन् ।

पार्टीको शुक्रबार देखि जारी केन्द्रिय कार्यसमितिको बैठकमा नेता कोइरालाले नेतृत्वले गठवन्धन गर्न भन्दै लाद्न नमिल्ने बताएका छन् ।

‘गठबन्धन माथिबाट गर्ने तर, तलका आफ्नै कार्यकतालाई एकता गर्न सकिएन भने के अवस्था हुन्छरु हामीले त्यतातिर ध्यान दिनु जरूरी छ। केन्द्रबाट गठबन्धन लाद्‌ने कुरा नगरौं।’ उनले भने ।

गठवन्धन भन्दा पनि पार्टी एकतामा ध्यान दिन सुझाव दिएका उनले एमाले बलियो रहेको भन्दै देउवाले कार्यकर्ताको मनोबल कमजोर बनाएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर