आईपीएल टी-ट्वान्टी क्रिकेटमा लखनउको पहिलो जित दर्ता — OSNepal

आईपीएल टी-ट्वान्टी क्रिकेटमा लखनउको पहिलो जित दर्ता

LC (KTM) March 31, 2022 0

लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग आईपीएल टी ट्वान्टी क्रिकेटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार राति भएको रोमान्चक खेलमा साविक विजेता चेन्नई सुपर किङ्सलाई ६ विकेटले पराजित गर्दै लखनउले पहिलो जित दर्ता गरेको हो । चेन्नईले दिएको २ सय ११ रनको लक्ष्य लखनउले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

लखनउका लागि क्विन्टन डी ककले ६१ रनको अर्धशतकीय इनिङ खेले ।इभिन लेविसले अविजित ५५ रन जोड्दा कप्तान केएल राहुलले ४० रन जोडे । आयुसले अविजित १९ रन बनाए । चेन्नईका ड्वाने प्रिटोरिउसले २ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर २ सय १० रन बनाएको थियो ।चेन्नईका लागि रोबिन उथप्पाले ५० रनको अर्धशतकीय इनिङ खेले । शिबम डुबेले ४९ रन जोड्दा मोइन अलीले ३५ रन बनाए ।

कप्तान रविन्द्र जडेजा १७ तथा महेन्द्र सिंह धोनी १६ रनमा आउट भए ।लखनउका आभेस खान, एन्ड्रयु टे रबि बोस्नोईले २र२ विकेट लिए ।यस जितसँगै चेन्नईले २ खेलमा अंक जोड्न सकेको छैन । पहिलो खेलमा चेन्नईलाई कोलकत्ता नाइट राइडर्सले हराएको थियो ।जितपछि लखनउले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा लखनउ गुजरात टाइटन्ससँग पराजित भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर