अब ७ हजारमै सीधै भ्वाइसकल गर्न मिल्ने ब्लड प्रेसर, तापक्रम, अक्सिजन लेभल नाप्न सकिने स्मार्टवाच नेपाली बजारमा — OSNepal

अब ७ हजारमै सीधै भ्वाइसकल गर्न मिल्ने ब्लड प्रेसर, तापक्रम, अक्सिजन लेभल नाप्न सकिने स्मार्टवाच नेपाली बजारमा

LC (KTM) April 02, 2022 0

नेपाली बजारमा कस्पेटको नयाँ स्मार्टवाच मोडलहरु लन्च भएको छ । धेरै सुबिधा सहितको स्मार्टवाचको मोडल लन्च गरिएको हो । नेपालका लागि कस्पेटको आधिकारिक आयातकर्ता तथा वितरक कम्पनी क्रोमा टेक्नोलोजी प्रालिले यी सबै मोडलहरु नेपाली बजारमा ल्याएको हो । कम्पनीले नेपाली बजारको मागलाई ध्यानमा राखेर पहिलो पटक फोन कल गर्न सकिने स्मार्टवाच बजारमा ल्याएको हो।

यसरी बजारमा ल्याएको स्मार्टवाचमा युरोपको स्मार्टवाच ब्राण्ड कस्पेट म्याजिक थ्रीएस र कोस्पेट ट्यांक एम१ स्मार्टवाचहरु रहेका छन् । यी दुवै स्मार्टवाचहरु नेपालभर उपलब्ध भइसकेका छन्। म्याजिक थ्रीएस नामक नयाँ मोडलको स्मार्टवाचमा आईफोन तथा कुनै पनि एन्ड्रोइड स्मार्टफोनमा कनेक्ट गरेर स्मार्टवाचबाटै सीधै भ्वाइस कल गर्न वा कुराकानी गर्न सकिने बिशेषता रहेको छ ।

कस्पेट म्याजिक थ्रीएस स्मार्टवाचलाई एकपटक चार्ज गरेपछि ७ दिनसम्म सजिलै चलाउन मिल्ने रहेको छ । कस्पेटको म्याजिक थ्रीएस स्मार्टवाचमा २० विभिन्न प्रकारका स्पोर्टस मोड छन् भने यसले ब्लड अक्सिजन, हर्ट रेट र ब्लड प्रेसर मनिटर गर्न सक्दछ। त्यसैगरी प्रयोगकर्ताको शरीरको तापक्रम नाप्ने सुविधासमेत रहेको छ।

कस्पेट ट्यांक एम१ यो स्पोर्टी लुक मन पराउने प्रयोगकर्ताहरुका लागि ध्यानमा राखेर ल्याइएको हो। यसमा ३८० एमएएचको पावरफुल ब्याट्री रहेको जसले एक चार्जमा १५ दिनसम्म प्रयोग गर्न सकिनेछ। यसले प्रयोगकर्ताको ब्लड अक्सिजन, हर्ट रेट र ब्लड प्रेसर मनिटर गर्न सक्दछ। बजारमा कस्पेट म्याजिक थ्रीएसको बजार मूल्य ७ हजार ४९९ रुपैयाँ तथा कस्पेट ट्यांक एम १ को मूल्य ७ हजार १९९ रुपैयाँ तोकेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर