२४ घण्टा यता देशभर ११ जनामा कोरोना संक्रमण , मृत्यु हुनेको संख्या शुन्य — OSNepal

२४ घण्टा यता देशभर ११ जनामा कोरोना संक्रमण , मृत्यु हुनेको संख्या शुन्य

LC (KTM) April 02, 2022 0

नेपालमा पछिल्लो २४ घण्टा यता थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। कोरोनाकै कारण अहिले सम्म ११ हजार ९५१ जनाले ज्यान गुमाईसकेका छन्।

त्यस्तै आज ९० जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ९४२ जना सक्रिय संक्रमित रहेका छन्।गत चौबीस घन्टामा २ हजार ८३ पीसीआर तथा १ हजार २७७ एन्टिजेन परीक्षण भएको छ। पछिल्लो समय कोरोना संक्रमण घट्दै गएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर