गोसाइकुण्ड गाउँपालिका कोभिड १९ विरुद्धको पूर्ण खोपयुक्त पालिका — OSNepal

गोसाइकुण्ड गाउँपालिका कोभिड १९ विरुद्धको पूर्ण खोपयुक्त पालिका

LC (KTM) April 05, 2022 0

रसुवा, २२ चैत – गोसाइकुण्ड गाउँपालिकालाई कोभिड १९ विरुद्धको पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको छ । सोमबार गाउँकार्यपालिकाको कार्यालय स्याफ्रुबेँशीमा आयाेजित कार्यक्रममा गाउँपालिकालाई कोभिड-१९ विरुद्धको पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पू तामाङले पहिलाे पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विमल घिमिरेले बताए ।

गाउँपालिकाको आठ हजार ४३ कुल जनसंख्या १२ वर्ष उमेर पुगेका सम्पूर्ण नागरिकले कोभिड १९ विरुद्धको दुई डोज खोप प्राप्त गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर