सौन्दर्य प्रतियोगिता ‘ट्रेजमी मिस ग्लोबल इन्टरनेसनल नेपाल, २०२२’को आवेदन फारम खुला — OSNepal

सौन्दर्य प्रतियोगिता ‘ट्रेजमी मिस ग्लोबल इन्टरनेसनल नेपाल, २०२२’को आवेदन फारम खुला

LC (KTM) April 07, 2022 0

काठमाडौं । काजी प्रोडक्सनले आयोजना गर्न लागेको सौन्दर्य प्रतियोगिता ‘ट्रेजमी मिस ग्लोबल इन्टरनेसनल नेपाल, २०२२’को आवेदन फारम खुला गरिएको छ ।आगामी ३ वैशाख २०७९ मा राजधानीको ठमेलस्थित टोटोज पबमा हुने प्रतियोगिताको ग्राण्ड अडिसनमा १६ वर्षदेखि ३० वर्षसम्म उमेर समूहका युवतीहरूले आवेदन फारम भरी अडिसनमा भाग लिन सक्नेछन् ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत सुशान्तकाजी श्रेष्ठले उपत्यकालगायत मोफसलका विभिन्न स्थानबाट व्यावसायिक मोडल बन्ने लक्ष्य लिएका युवतीहरू प्रतियोगितामा सहभागी हुन सक्ने बताए ।‘फेसन तथा मोडलिङ क्षेत्रमा प्रवेश गर्न चाहने युवतीहरूको शैक्षिक विकास, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, रोजगारीको अवसरसँगै उनीहरूको आन्तरिक क्षमता विकास गर्ने हाम्रो उद्देश्य हो’, श्रेष्ठले भने ।प्रतियोगिताका विजेताले ‘मिस ग्लोबल इन्टरनेसनल नेपाल, २०२२’कोे ताजसहित अन्तर्राष्ट्रियस्तरमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसरसँगै विभिन्न उपहार पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर