सुर्खेतमा आगामी निर्वाचनमा गठवन्धन गरेर जाने सत्ता गठवन्धन दलको निणर्य — OSNepal

सुर्खेतमा आगामी निर्वाचनमा गठवन्धन गरेर जाने सत्ता गठवन्धन दलको निणर्य

LC (KTM) April 07, 2022 0

काठमाडौं २४ आगामी वैशाख ३० गते देशैभर एकैचरणमा हुने स्थानीय तह निर्वाचनमा सुर्खेतमा पनि पाँच दलीय सत्ता गठवन्धन गर्ने सहमति भएको छ ।

बिहिबार विरेन्द्रनगरमा बसेको पाँच दलीय गठवन्धनको बैठकले निर्वाचनमा मिलेर जाने निष्कर्ष निकालेको हो ।

बैठकले जिल्लाका नौ वटै स्थानीय तह, ९९ वटै वडा र जिल्ला समन्वय समितिमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ भने उम्मेदवारको विषयमा पनि छलफल गरेर निणर्य गरिने बैैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् ।

स्थानीय तहको निर्वाचनमा गठबन्धनमा सहभागी दलहरु इमान्दारितापूर्वक लाग्ने सहमति भएको उनले बताएका छन् ।

आजको बैठकमा नेपाली काँग्रेसका सभापति खड्गराज पोख्रेल,एकीकृत माओवादीका झकबहादुर मल्ल, एकीकृत समाजवादीका मोहन बढुवाल, राष्ट्रिय जनमोर्चाका गोबिन्द सुवेदी र जनता समाजवादी पार्टी नेपालका टोपबहादुर दलाम लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर