बैतडीमा जिप दुर्घटना हुँदा एकजना घाइते — OSNepal

बैतडीमा जिप दुर्घटना हुँदा एकजना घाइते

LC (KTM) April 07, 2022 0

बैतडी, २४ चैत – बैतडीको शिवनाथ गाउँपालिकाको वडा नम्बर ६ छेलामा जिप दुर्घटना हुँदा एक महिला घाइते भएकी छन् । म१ज २७२ नम्बरको जिप दुर्घटना हुँदा शिवनाथ गाउँपालिका १ की ६५ वर्षीय गोबडीदेवी साउँद घाइते भएकी हुन् ।

उनको बायाँ खुट्टामा चोट लागेको र उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए ।

सो जिपमा शिवनाथ गाउँपालिकाका कर्मचारी टंक पन्त र हेमन्त जोशी पनि सवार रहेका बताइएको छ । कर्मचारी पन्तले जबरजस्ती जिप चलाउन खोज्दा दुर्घटना भएको भनिए पनि प्रहरीले सो कुरा अस्वीकार गरेको छ ।

प्रहरीले जिप चालक वीरेन्द्र महताले नै जिप चलाएको दाबी गरेको छ । जिप सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर