फुरुगं भई म्यादी प्रहरीमा भर्ना हुन चाहानेको संख्या बढ्दो, कति हुन्छ तलव ? — OSNepal

फुरुगं भई म्यादी प्रहरीमा भर्ना हुन चाहानेको संख्या बढ्दो, कति हुन्छ तलव ?

LC (KTM) April 09, 2022 0

विशाल बस्नेत/ महोत्तरी, २५ चैत – आसन्न स्थानीय तहको निर्वाचनको लागी महोत्तरीमा २४ सय ७६ जना म्यादी प्रहरी छनोट गरिएको छ ।

८ हजार ५५ जनाले दिएको आवेदन मध्य २४ सय ७६ जनालाई छनोट गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

कूल आवेदन मध्य ८ सय जना महिला र बाँकी पुरुषले आवेदन दिएका थिए । ८ सय जना महिलाहरूको आवेदनमा ४ सय ९८ जना महिलालाई छनोट गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिए ।

मापदण्डअनुसार छनोट भएका १९ सय ७८ जना पुरुष र ४ सय ९८ जना महिलाहरूलाई भोलिबाट तालिममा सहभागी गराउने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

१ देखि डेढ महिनासम्मको अवधीका लागि मात्रै काम दिइने भएता पनि तलव भने चित्त बुझ्दो र अनुभवका लागि म्यादीमा युवाहरुको आर्कषण बढ्दो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर