घाँस काट्न गएका रामप्रसादलाई बाघले बेपत्ता बनायो,खोजीका लागि नेपाली सेना र प्रहरीको टोली परिचालन — OSNepal

घाँस काट्न गएका रामप्रसादलाई बाघले बेपत्ता बनायो,खोजीका लागि नेपाली सेना र प्रहरीको टोली परिचालन

LC (KTM) April 09, 2022 0

चितवन, २६ चैत-बाघको आ क्रमणबाट एक जना बेपत्ता भएका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–१२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आ क्रमण गरी लगेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ः०५ बजे घाँस काट्न गएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण गरेको हो । बाघले आक्रमण गरेर लगेपछि उनको खोजी कार्य भइरहेको कार्यालयका सूचना अधिकारी नरहरी अधिकारीले जानकारी दिनुभयो । खोजी कार्यका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर