काठमाडौँको नाङ्गेबजारमा टिपर दुर्घटना हुँदा २० वर्षीय किरणको मृत्यु — OSNepal

काठमाडौँको नाङ्गेबजारमा टिपर दुर्घटना हुँदा २० वर्षीय किरणको मृत्यु

LC (KTM) April 09, 2022 0

काठमाडौँ- काठमाडौँको नाङ्गेबजारमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । शङ्खरापुर नगरपालिका–१ नाङ्लेबजारमा बा४ख ६३७९ नं को टिपर दुर्घटना हुँदा धादिङको थाँक्रे गाउँपालिका–७ का २० वर्षीय किरण बाँस्कोटाको गएराति मृत्यु भएको हो ।

टिपर सडकबाट १०० मिटर तल खसेको र टिपरले नै किचेर बाँस्कोटाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाँस्कोटा टिपरका सहचालक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर