भारतमा एकैदिन अहिलेसम्मकै धेरै संक्रमितको मृत्यु, ९३ हजार ८९६ जनामा संक्रमण — OSNepal

भारतमा एकैदिन अहिलेसम्मकै धेरै संक्रमितको मृत्यु, ९३ हजार ८९६ जनामा संक्रमण

LC (KTM) June 10, 2021 0

काठमाडौँ–भारतमा एकैदिन अहिलेसम्मकै धेरै संक्रमितको मृत्यु भएको छ । भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ६ हजार १३८ संक्रमितको मृत्यु भएको छ ।

यो सँगै भारमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख ५९ हजार ६९५ पुगेको छ ।दैनिक संक्रमितको संख्यामा एक लाखभन्दा कममा झरे पनि मृत्युदर भने अस्वाभाविकरूपमा बढेको हो ।

त्यस्तै आज पछिल्लो २४ घण्टामा त्यहाँ ९३ हजार ८९६ जनामा संक्रमण भएको छ । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।यो सँगै भारतमा संक्रमितको संख्या २ करोड ९१ लाख ८२ हजार ७२ पुगेको छ । भारतमा अहिले सम्म ११ लाख ८३ हजार ४७५ जना संक्रिय संक्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर