आइपीएलमा मुम्बईको पराजीत यात्रा जारी , पन्जाब किङ्स संग १२ रनले पराजित — OSNepal

आइपीएलमा मुम्बईको पराजीत यात्रा जारी , पन्जाब किङ्स संग १२ रनले पराजित

LC (KTM) April 13, 2022 0

इन्डियन प्रिमियर लिग आईपीएल टी ट्वान्टी क्रिकेटमा पन्जाब किङ्स बिजयी भएको छ । मुम्बई इन्डियन्सले भने लगातार पाँचौं हार व्यहोरेको छ। मुम्बईको पराजयको यात्रा जारी नै रहेको छ । पुनेमा बुधबार राति पन्जाब किङ्ससँग १२ रनले पराजित हुँदै मुम्बईले पाँचौं हार व्यहोरेको हो । पन्जाबले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाउन सक्यो ।

मुम्बईका देवल ब्रेभिसले ४९ रन जोड्दा सूर्यकुमार यादवले ४३ रन बनाए । तिलक बर्माले ३६ रन जोडे भने कप्तान रोहित शर्मा २८ रन बनाएर आउट भए । मुम्बईलाई सस्तैमा समेट्न पन्जाबका ओडिन स्मिथले ४ तथा कागिसो राबडाले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९८ रन जोडेको थियो ।

पन्जाबका लागि शिखर धवनले ७० रनको अर्धशतकीय इनिङ खेल्दा कप्तान मायांक अग्रवालले ५२ रनको अर्धशतकीय इनिङ खेले । जितेश शर्मा अविजित ३० रन जोड्दा साहरुख खानले १५ तथा जोनी बेयर्स्टोले १२ रन बनाए । मुम्बईका बसिल थाम्पीले २ विकेट लिए । जयदेव उनाकड, जस्प्रित बुम्राह र मुरुगान आश्विनले १-१ विकेट लिए । जितसँगै पन्जाबले ५ खेलमा ६ अंक जोडेको छ । पन्जाब तेस्रो स्थानमा उक्लिएको छ ।मुम्बईले ५ खेलमा अंक जोड्न सकेको छैन । मुम्बई पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर