रियल मड्रिडका फ्यानहरुलाई दुःखद खबर — OSNepal

रियल मड्रिडका फ्यानहरुलाई दुःखद खबर

LC (KTM) April 14, 2022 0

कोलम्बिया फुटबलका फ्यानहरु तथा रियल मड्रिडका फ्यानहरुलाई दुःखको खबर आएको छ । कोलम्बिया फुटबल टिमका पूर्व कप्तान फ्रेडी रिनकोनको निधन भए संगै उनका फ्यानहरु दुःखी भएका छन् ।कार दुर्घटनामा परेर गम्भीर घाइते भएका रिनकोनको बिहीबार निधन भएको हो ।

कोलम्बियाको कालीमा भएको कार दुर्घटनामा उनले टाउकोको गम्भीर चोट बोकेका थिए । तर, उपचारको क्रममा उनको निधन भएको अन्र्तराष्ट्रिय संचारमाध्यम बीबीसीले जनाएको छ । रिनकोनले चलाएको कारलाई बसले ठक्कर दिएको थियो । उनीसँगै कारमा अन्य चार जना सवार थिए । बस चालक र बसमा सवार मानिसहरु समेत घाइते भएको बताईएको छ ।

रियल मड्रिडका पूर्व मिडफिल्डर रिनकोनले कोलम्बियाका लागि १७ गोल गरेका थिए । रिनकोनले कोलम्बियाबाट तीन पटक विश्वकप खेलेका थिए । उनले इटालियन क्लब नापोलीबाट समेत खेलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर