नेपाली टोलीले जिम्बावे ए सँग घरेलु मैदानमा सिरिज खेल्दै — OSNepal

नेपाली टोलीले जिम्बावे ए सँग घरेलु मैदानमा सिरिज खेल्दै

LC (KTM) April 15, 2022 0

नेपाली राष्ट्रिय क्रिकेट टिमले जिम्बावे ए सँग घरेलु मैदानमा सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ ९क्यान० ले जिम्बावे ए सँगको सिरिजको तालिका शुक्रबार सार्वजनिक गरेको हो । नेपाल र जिम्बावे ए को सिरिज वैसाखमा हुनेछ । नेपालले जिम्बावे ए सँग तीन ५० ओभरको र तीन टी ट्वान्टी खेल खेल्ने छ ।

सिरिज वैशाख १७ गते त्रिवी क्रिकेट मैदानमा हुनेछ । १० दिन चल्ने सिरिजमा जिम्बावेका राष्ट्रिय टोलीमा रहेका खेलाडीको समेत सहभागिता रहने छ । ५० ओभरको सिरिज वैशाख १७ देखि २१ सम्म चल्ने छ । यस्तै टी(ट्वान्टी सिरिज वैशाख २३ देखि २६ सम्म चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर