रोनाल्डोको ह्याट्रिक संगै युनाईटेडको नर्विच सिटी माथि संघर्षपुर्ण जित — OSNepal

रोनाल्डोको ह्याट्रिक संगै युनाईटेडको नर्विच सिटी माथि संघर्षपुर्ण जित

LC (KTM) April 16, 2022 0

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुछारमा रहेको नर्विच सिटी माथि संघर्षपूर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा युनाईटेडले नर्विच सिटीलाई ३-२ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा युनाईटेडलाई संघषपुर्ण जित दिलाउन क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गर्नु परेको थियो ।

खेलको सातौं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।३२ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता २(० को बनाए । पहिलो हाफको इन्जुरी समयमा केइरन डोवेलले गोल गर्दै नर्विचलाई २-१ को स्थितिमा ल्याए । खेलको ५२ औं मिनेटमा टिमु पुकीले गोल गर्दै नर्विचलाई २-२ को बराबरीमा ल्याए ।

त्यसपछि खेलको ७६ औं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दै युनाईटेडलाई ३-२ को जित दिलाए । रोनाल्डोको यो करियरको ६० औं ह्याट्रिक हो । जितसँगै युनाईटेडले ३२ खेलमा ५४ अंक जोडेको छ । युनाईटेड पाँचौं स्थानमा रहेको छ ।नर्विच २१ अंक जोडेर पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर