म्यालपोखरीका ३२५ घरमा खानेपानीको धारा आएपछि दैनिक जीवन सहज बन्दै — OSNepal

म्यालपोखरीका ३२५ घरमा खानेपानीको धारा आएपछि दैनिक जीवन सहज बन्दै

LC (KTM) April 17, 2022 0

तम्घास, ४ वैशाख – गुल्मीको मदाने गाउँपालिका–४ म्यालपोखरीकी ७८ वर्षीय झमाकुमारी ओलीलाई घरमै पानी आउला भन्ने कहिल्यै लागेको थिएन । एक गाग्रो पानी लिनका लागि उहाँ कालीमाटी, ढाडा, गैरापधँेरालगायत स्थानमा पुग्ने गर्नुहुन्थ्यो । ती ठाउँबाट पानी लिएर फर्कंन करिब एक घण्टा लाग्थ्यो तर पछिल्लो एक महिनादेखि उहाँको घरमा खानेपानीको धारा आएको छ । घरमै पानी आउन थालेपछि उहाँको दैनिक जीवन धेरै सहज बनेकोे छ । कहिलेकाहीँ पानी लिएर फर्कंदा बाटैमा लडेर गाग्री फुटेका घटना अझै ताजै रहेको झमाकुमारी सुनाउनुहुन्छ । “बिहानै उठेर पानी लिन तलको पधेँरोमा जान्थ्यौँ, फर्केर आउँदा लडेर घैँटो (पानी बोक्ने माटाको भाँडो) फुट्थ्यो”, उहाँले भन्नुभयो, “बाटैमा घैँटो फुट्दा घरमा श्रीमान्, सासू र ससुराको गाली सहनुपथ्र्याे ।” अहिले घरमै पानी आएपछि घरायसी र छिमेकीबीच हुने झगडासमेत धेरै कम भएको उहाँको भनाइ थियो ।

“घरमै पानी आउला जस्तो लागेको थिएन, अहिले पनि सपनाजस्तै लाग्छ”, झमाकुमारीले भन्नुभयो, “गाउँपालिकाको निर्वाचन भएदेखि पानी, बिजुली र बाटोको सुविधा धेरै सहज छ ।”
घरमै पानी आएदेखि स्थानीय डिम्पल सेन पनि खुसी देखिनुहुन्छ । पधेँरामा पनि प्रशस्त पानी नपाउँदा स्थानीयवासीबीच झगडासमेत हुन्थ्यो तर आजकाल सेनका लागि ती सबै सम्झना मात्र भएका छन् । विगत एक महिनादेखि उहाँको घरमा खानेपानीको धारा जडान भएको छ । “बिहान दुई घण्टा र बेलुका डेढ घण्टा घरमै पानी आउछ”, डिम्पलले भन्नुभयो, “पानी आएपछि घरको आधाभन्दा धेरै काम घटेको छ ।” घरमै पानी आएदेखि पुस्ताँैदेखि कुवा र पधेँरोमा धाउने बाध्यता हटेको छ ।

त्यस्तै सरसफाइ गर्न, तरकारी लगाउनेलगायत काममा पानी आएपछि धेरै सहज भएको छ । “निर्वाचनका समयमा उम्मेदवारले पानी ल्याइदिने प्रतिबद्धता जनाएका थिए । तर विश्वास लागेको थिएन । उहाँले भन्नुभयो, “घरमै पानी आएसँगै स्थानीय सरकार र जनप्रतिनिधिप्रति विश्वास बढेको छ ।”

चुनावी वाचा पूरा ग¥र्यौं ः वडाध्यक्ष
म्यालपोखरीमा ‘एक घर, एक धारा’ अवधारणाअन्तर्गत लिफ्टिङ प्रविधिबाट पानी पु¥याइएको छ । सङ्घ, प्रदेश र गाउँपालिकाको लगानीमा लिफ्टिङ प्रविधिबाट बृहत् तल्लो लुप्सी खानेपानी आयोजना सञ्चालन गरिएको हो । त्यस्तै वडाभित्र केही साना आयोजना सञ्चालन गरी कूल ३२५ घरमा खानेपानीको धारा पु¥याइएको वडाध्यक्ष भीमप्रसाद भट्टराईले जानकारी दिनुभयो । म्यालपोखरीमा खानेपानीका अन्य योजना पनि सञ्चालनमा छन् । जसका लागि चार करोडभन्दा बढी रकम खर्च हुने अनुमान छ । “पानी पु¥याउने प्रतिबद्धता जनाएर भोट मागेका हौँ”, वडाध्यक्ष भट्टराईले भन्नुभयो, “विश्वास गरेर भोट दिनुभयो, हामीले चुनावी वाचा पूरा ग¥र्यौं ।”(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर