मुक्तिनाथ दर्शनका लागि गएका तीर्थयात्रीको लेक लागेर मृत्यु — OSNepal

मुक्तिनाथ दर्शनका लागि गएका तीर्थयात्रीको लेक लागेर मृत्यु

LC (KTM) April 17, 2022 0

म्याग्दी, ४ वैशाख -मुस्ताङमा आज एकजना भारतीय तीर्थयात्रीको मृत्यु भएको छ । मुक्तिनाथ दर्शनका लागि आएका भारतका तिलङ्गाना राज्यको मराहपुराम रापर्थी नगरका ६० वर्षीय मुठैया यामसानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय

मुक्तिनाथ मन्दिर जाने उकालोमा सिँढी चढ्दै गर्दा बेहोस भई लडेका यामसानीलाई जोमसोम अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी राजकुमार तामाङले बताउनुभयो । लेक लागेर मृत्यु भएको बताइए पनि घटनाका बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । मृतकको शव जोमसोम अस्पतालमा परीक्षण गरीएको छ । पोखरा–जोमसोम हवाई मार्ग भएर यामसानीसहित ६० जना भारतीय मुक्तिनाथ तीर्थयात्राका लागि आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर