सशस्त्र प्रहरीद्वारा ६२ लाख मूल्यका सामानसहित ट्रक नियन्त्रणमा — OSNepal

सशस्त्र प्रहरीद्वारा ६२ लाख मूल्यका सामानसहित ट्रक नियन्त्रणमा

LC (KTM) April 17, 2022 0

पर्सा-पर्साको वीरगञ्जबाट सशस्त्र प्रहरीको टोलीको करिब रु ६२ लाख मूल्य बराबरको विभिन्न अवैध मालसामानसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ । बिना प्रज्ञापनपत्रको मोबिल, कपडा र अन्य खुद्रा सामग्री बोकेको ना६ख ४४७४ नंको ट्रक नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वार्टर पर्साको टोलीले नियन्त्रणमा लिएको ट्रक अनुसन्धान तथा थप कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर