हजारौँ रकम घुस लिइरहेको बेला कार्यकक्षबाटै पक्राउ परे यी घुस्याहा कर्मचारी — OSNepal

हजारौँ रकम घुस लिइरहेको बेला कार्यकक्षबाटै पक्राउ परे यी घुस्याहा कर्मचारी

LC (KTM) April 17, 2022 0

काठमाडौं, ४ वैशाख – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालका खरिदारलाई घुस सहित पक्राउ गरेको छ ।

मालपोत कार्यालय टोखा, सरस्वती, काठमाडौंको मुद्दा फाँटमा कार्यरत खरिदार विनोद तिवारीलाई अख्तियारले २० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा कार्यकक्षबाटै नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

उनका अनुसार जग्गा नामसारी दर्ता गरी जग्गा धनी प्रमाण पूर्जा बनाउने काममा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत २० हजार रुपैयाँ माग गरिरहेको भन्‍ने सूचना

एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले खरिदार विनोद तिवारीलाई सेवाग्राहीबाट बीस हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित निजकै कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर