गृहमन्त्री पदभार ग्रहण गरेका अधिकारीले भने-'केपी ओली गृहमन्त्री हुँदाको जस्तै काम गर्नेछु' — OSNepal

गृहमन्त्री पदभार ग्रहण गरेका अधिकारीले भने-‘केपी ओली गृहमन्त्री हुँदाको जस्तै काम गर्नेछु’

LC (KTM) June 10, 2021 0

काठमाडौं २७ जेठ । नवनियुक्त गृहमन्त्रीले आफ्नो पदभार ग्रहण गरेका छन् । गृहमन्त्री हुने आफुलाई दिउँसो सम्म थाहा नभएकाले केहि योजना नबनाएको समेत जनाएका छन् । मन्त्री पदको पदभार ग्रहण गरेसँगै अधिकारीले सञ्चार माध्यमसँग कुरा गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

तथापी, सञ्चार मध्यमसँगको कुराकानी अधिकारीले आफु केपी ओली गृहमन्त्री हुँदाको जस्तै काम गर्ने बताए । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री हुँदाजस्तै काम गर्ने बताए । ‘अब त्यही गतिमा जानुपर्छ, कामबाटै परिणाम ल्याऔं ,काममै जाऔं’ उनले भने ।

२४ घण्टा काम गर्ने गर्ने मन्त्रालय गृह भएकाले अब आफुले जनतालाई राहत दिन पनि ढिला नगर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर