दुई वर्षीया छोरीको ह त्या गरी खोलामा फाल्ने आमा पक्राउ — OSNepal

दुई वर्षीया छोरीको ह त्या गरी खोलामा फाल्ने आमा पक्राउ

LC (KTM) April 22, 2022 0

सप्तरी, ९ वैशाख-कर्तव्य ज्यान मुद्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हनुमाननगर कंकालीनी नगरपालिका–७ बस्ने रानी देवी मण्डल रहेकी छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सप्तरीले २०७५ फागुन १५ गते उनलाई २० वर्ष कैद सजाया सुनाएको थियो । त्यसपछि उनी फरार रहेकी थिइन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले राजगढ गाउँपालिका–५ मलेखपुर गाउँबाट लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।आफ्नी २ वर्षीया छोरी प्रमिला मण्डललाई २०७३ साउन १२ गते दिउँसो ह त्या गरी हनुमानगर राजबिराज सडकको खाडो खोलामा आएको बाढीमा फालेर बे पत्ता पारेको मुद्दामा उनलाई अदालतले दोषी ठहर गरेको थियो ।उनलाई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय राजबिराज पठाईएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर