राप्रपाबाट काठमाडौं मेयरमा कलाकार मदनदास श्रेष्ठ उम्मेदवार — OSNepal

राप्रपाबाट काठमाडौं मेयरमा कलाकार मदनदास श्रेष्ठ उम्मेदवार

LC (KTM) April 22, 2022 0

काठमाडौं, ९ वैशाख-राप्रपाले काठमाडौं महानगरपालिकाको मेयरमा कलकार मदनदान श्रेष्ठको नाम घोषणा गरेको छ ।३० वैशाखमा हुने स्थानीय तह निर्र्वाचनका लागि काठमाडौंको मेयरमा कलाकार श्रेष्ठले उम्मेदवारी दिने राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

‘काठमाडौं महानगरको मेयरमा कलाकार मदनदास श्रेष्ठलाई राप्रपाले उठाउने भएको छ,’ उनले भने ।

यो पनि पढ्नुहोस -राप्रपाको घोषणमा पत्रमा गाईभैंसीलाई सुत्केरी भत्ता देखि १२ कक्षा सम्म नि:शुल्क र ज्येष्ठ नागरिकलाई निशुल्क धार्मिक यात्रा सम्म

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पनि स्थानीय तह निर्वाचनको लागि घोषणापत्र सार्वजजिक गरेको छ।बुधबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिंदेनले निवार्चन घोषणापत्र सार्वजनिक गरेका हुन् ।

साथै १२ कक्षा सम्म निस्शुल्क, शिक्षा, सार्वजनिक स्थलमा फ्री वाइफाइ, ज्येष्ठ नागरिकलाई निशुल्क धार्मिक यात्रा, स्थानीय करको दरमा ५० प्रतिशतसम्म कटौती, गाईभैंसीलाई सुत्केरी भत्ता लगायतका विषयलाई समेत राप्रपाले समेटेको छ ।

‘राष्ट्रिय प्रजातन्त्र पार्टीले शिक्षा, स्वास्थ, कृषि , भौतिक पुर्वाधार बिकास निमार्ण लगायत स्थानीय साधनश्रोत पसरचालन र रोजगारी सृजना लगायतका राष्ट्रियषियलाई उच्च प्राथमिकता दिनेछ भने भ्रष्टाचारमा शुन्य सहनशीलताको निति अवलम्बन गर्नेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर