डोल्पामा नेकपा एसबाट दुई गाउँपालिका अध्यक्षसहित नौ उम्मेदवार निर्विरोध विजयी — OSNepal

डोल्पामा नेकपा एसबाट दुई गाउँपालिका अध्यक्षसहित नौ उम्मेदवार निर्विरोध विजयी

LC (KTM) April 25, 2022 0

काठमाडौ १२ वैशाख । नेकपा एकीकृत समाजवादीले डोल्पाको दुई गाउँपालिकामा निर्विरोध उम्मेदवार चयन गरेको छ ।

एकीकृत समाजावदी जिल्लाको काइके गाउँपालिका र छार्का तोङसोङ गाउँपालिकामा निर्विरोध अध्यक्षहरू चयन गरेको हो ।

योसँगै जिल्लामा दुई गाउँपालिकामा अध्यक्ष, एक गाउँपालिकामा उपाध्यक्ष र ६ वडाध्यक्ष गरी ९ जना पदाधिकारीहरू एकीकृत समाजावदीबाट निर्विरोध भएका हुन् ।

निर्विरोध हुनेहरूमा काइके गाउँपालिका अध्यक्ष अङ्गत राना र छार्का ताम्सोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर