कञ्चनपुरका नौवटै पालिकामा उम्मेदवारी दर्ता — OSNepal

कञ्चनपुरका नौवटै पालिकामा उम्मेदवारी दर्ता

LC (KTM) April 25, 2022 0

कञ्चनपुर- आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले आआफ्ना उम्मेदवार चुनावी मैदानमा उतारेको छ ।यहाँ नौवटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय पुगेर दलहरुले बाजागाजसहित बजारमा ¥याली आयोजना गरी उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसले पार्टी सभापति पदम बोगटीलाई भीमदत्त नगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनाएको छ । उपप्रमुखमा कांग्रेसबाट निलम लेखक जोशी उम्मेदवार बनेकी छिन् । कांग्रेसले दोधारा चादँनी नगरपालिकाको प्रमुखमा गोपालदत्त भट्ट र उपप्रमुखमा गङ्गा जोशीलाई उम्मेदवार बनाएको छ ।

त्यसैगरी बेदकोट नगरपालिकाको प्रमुखमा भोजराज बोहरा र उपप्रमुखमा तुलसी जोशीलाई उम्मेदवार बनाएको छ । शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा कांग्रेसबाट चिन्तामणि भट्ट र उपप्रमुखमा कल्पना पन्तले उम्मेदवारी दर्ता गराउनुभएको छ । कृष्णपुर नगरपालिकाको प्रमुखमा हेमराज ओझा र उपप्रमुखमा द्रोपती रानाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै कांग्रेसबाट लालझाडी गाउँपालिका अध्यक्षमा श्रीकृष्ण राना र उपाध्यक्षमा राधा रानाले उम्मेदवारी दर्ता गराउनुभएको छ । बेल्डाँडी गाउँपालिकाको अध्यक्षमा हरिषचन्द्र राना र उपाध्यक्षमा शान्ति नाथले मनोनयन दर्ता गराउनुभएको छ । कांग्रैसबाट बेलौरी नगरपालिका प्रमुखमा होसियार विष्ट र उपप्रमुखमा खिना भण्डारी, पुनर्बास नगरपालिका प्रमुखमा तोयानाथ शर्मा र उपप्रमुखमा भुलिया रानाले उम्मेदवारी दर्ता गराउनुभएको छ । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच भागबण्डा नमिलेपछि एम्ला एक्लै चुनावी मैदानमा उत्रिएका हुन् ।

एमालेबाट भीमदत्त नगरपालिका नगरप्रमुखमा महेशप्रसाद पन्त र उपप्रमुखमा भुवन केसी, बेदकोट नगरपालिकाबाट प्रमुखमा शुशिला सिंह र उपप्रमुखमा लक्ष्मण राना, दोधारा चादँनी नगरपालिकामा प्रमुखमा किशोर लिम्बू र उपप्रमुखमा खेमा चन्द, शुक्लाफाँटा नगरपालिकामा प्रमुखमा रणबहादुर महरा र उपप्रमुखमा मोनिका भण्डारी, कृष्णपुर नगरपालिकाको प्रमुखमा लोकेन्द्र पन्त र उपप्रमुखमा रमिता राना बडायक, बेलौरी नगरपालिकामा प्रमुखमा कमला बोहरा र उपप्रमुखमा जोगुराम चौधरी तथा पुनर्बास नगरपालिकामा प्रमुखमा पदम पुजारा र उपप्रमुखमा सुशिला खत्रीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
एमालेबाट बेल्डाडी गाउँपालिकाको अध्यक्षमा अक्कलबहादुर विष्ट र उपाध्यक्षमा फुलकुमारी राना तथा लालझाडी गाउँपालिका अध्यक्षमा निर्मल राना र उपाध्यक्षामा सपना चौधरीले मनोनयन दर्ता गराउनुभएको छ ।

कञ्चनपुरमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको छ । माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धनबाट भीमदत्त नगरपालिकामा प्रमुखमा समाजवादीका राजेन्द्र पाण्डेय र उपप्रमुखमा माओवादी केन्द्रका कृष्णदत्त जोशीले उम्मेदवारी दर्ता गराउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि नौवटै पालिकामा उम्मेदवारी दर्ता गराएको छ । केही पालिकामा नगरप्रमुख र उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी समेत परेको छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर