७ वर्षको विश्व चर्चित मुसा मागावाले पायो अवकाश, जसले गर्यो यस्ता चामत्कारिक काम — OSNepal

७ वर्षको विश्व चर्चित मुसा मागावाले पायो अवकाश, जसले गर्यो यस्ता चामत्कारिक काम

LC (KTM) June 11, 2021 0

काठमाडौं । ७१ वटा बा रुद सु रुङ र बि स्फोट हुन बाँकी युद्ध सामग्रीबारे पत्ता लगाएको विश्व चर्चित मुसा मागावा ले अवकाश पाएको छ । खबर हो कम्बोडियाको ।

त्यहाँको बारुदको सुरुङ सुँघ्ने काम गर्ने मागावा नामको ‘हिरो मुसा’ ले अवकाश पाएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । भर्खरै सात वर्ष पुगेको यो हिरो मुसाले असाध्यै कडा मिहिनेत गरेको भन्दै उसको विश्वभर चर्चा भइरहेको छ । एपीओपीओले हिरो मुसा बृद्ध र सुस्त हुँदै गएका कारण अब काममा लगाउन नहुने निशकर्ष निकालेको थियो ।

अफ्रिकी जाइन्ट पाउच्ड प्रजातिको मुसा घरपालुवा मुसाभन्दा ठूलो छ । अफ्रिकी जायन्ट पाउच्ड प्रजातिका मुसा बुद्धिमान र तालिम प्रदान गर्न निकै सहज भएका कारण यो हिरो मुसाले सहज श्रपमा काम गर्न सकेको बताइन्छ । कम्बोडियामा काम लगाउनु अघि यसले आफ्नो सबै परीक्षा निकै उत्कृष्ट तरिकाले पार गरेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर