विश्व महिला बक्सिङमा नेपालका यी चार खेलाडी भिड्ने — OSNepal

विश्व महिला बक्सिङमा नेपालका यी चार खेलाडी भिड्ने

LC (KTM) April 27, 2022 0

काठमाडौं, १४ वैशाख-नेपाल बक्सिङ संघले विश्व महिला बक्सिङ च्याम्पियनसिप-२०२२ मा सहभागी हुने चार महिला खेलाडीलाई बन्द प्रशिक्षणमा बाेलाएको छ ।अन्तर्राष्ट्रिय बक्सिङ संघ ( आईबीए) को आयोजनामा मे ६ देखि २१ तारिखसम्म प्रतियोगिता टर्कीकाे इस्टानबुलमा हुनेछ ।

१२औँ विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालले ४८ केजी ताैल समूहमा सुस्मन तामाङ, ५२ केजी ताैल समूहमा १३औँ साग स्वर्णधारी मिनु गुरुङ, ५७ केजी ताैल समूहमा चन्द्रकला थापा र ६० केजी ताैल समूहमा पुनम रावलले प्रतिस्पर्धा गर्नेछन् ।

सहभागी चार खेलाडी थाइल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिप खेलेर फर्किएका हुन् । जसमा पुनम रावलले कास्य पदक जितेकी थिइन । रावलले जितेकाे पदक १२ वर्ष पछि नेपालले जितेकाे पदक हाे । १२ वर्ष पहिला हालका आईबा थ्री स्टार काेच दीपक महर्जनले काँस्य पदक जितेका थिए ।

अन्तिम तयारी स्वरुप बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगर र आईबा थ्री स्टार काेच दिपक महर्जनले सातदोबाटोस्थित बक्सिङ प्रशिक्षण हलमा बिहान र बेलुका प्रशिक्षण दिइरहेका छन् ।

प्रतियोगितामा ८३ देशका ३ सय ९२ खेलाडीले नाम दर्ता गराइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर