लिभरपुल र भिल्लारियल भिड्दै — OSNepal

लिभरपुल र भिल्लारियल भिड्दै

LC (KTM) April 27, 2022 0

काठमाडौं, १४ वैशाख :

यूईएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज (बुधबार) राति लिभरपुल र भिल्लारियलबीच प्रतिस्पर्धा हुँदैछ । यस सिजन चौथो उपाधि जित्ने लक्ष्यमा रहेको इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब भिल्लारियलबीचको खेल नेपाली समयअनुसार पौने १ बजे लिभरपुल घरेलु मैदान एनफिल्डमा हुनेछ ।

लिभरपुलले इङ्लिस लिग क्लबको उपाधि जितिसकेको छ भने एफए कपको फाइनल पुगेको छ । यस्तै, दोस्रो स्थानमा रहदै प्रिमियर लिगको उपाधि होडमा छ ।

लिभरपुलले क्वाटरफाइनलमा पोर्चुगिज क्लब बेन्फिकालाई हराएको थियो । भने भिल्लारियलले भने जर्मन क्लब बायर्न म्युनिखलाई हराएको थियो । दुई टोलीबीचको दोस्रो लेग आगामी ४ मेमा हुनेछ । दोस्रो लेग भिल्लाको मैदानमा हुनेछ ।

पहिलो सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले रियल मड्रिडलाई ४-३ अन्तरले पराजित गरेको थियो । च्याम्पियन्स लिगको फाइनल फ्रान्स राजधानी पेरिसमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर