फुटबल टोलीका मुख्य प्रशिक्षकअल्मुतारीविरुद्ध १० खेलाडीले गरे विद्रोह — OSNepal

फुटबल टोलीका मुख्य प्रशिक्षकअल्मुतारीविरुद्ध १० खेलाडीले गरे विद्रोह

LC (KTM) April 27, 2022 0

काठमाडौ १४ वैशाख । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुतारीविरुद्ध १० खेलाडीले विद्रोह गरेका छन् । बन्द प्रशिक्षणमा रहेका खेलाडीले अल्मुताइरीको व्यवहार प्रति आपत्ती जनाउँदै विद्रोह गरेका हुन् ।

टिमका मिडफिल्डर रोहित चन्दले अल्मुताइरीको व्यवहारप्रति आपत्ति जनाएपछि अल्मुताइरीले रोहितप्रति गरेको व्यवहारको विरोध गर्दै रोहित सहित १० खेलाडी मंगलबार बेलुका होटलबाट बाहिरिए हुन् ।

रोहितसँगै विशाल राई, अनन्त तामाङ, विशाल श्रेष्ठ, अञ्जन विष्ट, सुजल श्रेष्ठ, विमल घर्तीमगरलगायतका खेलाडी बाहिरिएको बुझिएको छ । बाहिरिएका खेलाडी राष्ट्रिय टिमको फेसबुकको ग्रुप पनि छाडेको बताइएको छ ।

कुवेतमा हुने एसियन कप–२०२३ को छनोटका लागि नेपाली टोलीले वैशाख २ गतेबाट प्रशिक्षण सुरु गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर