गठबन्धनबाट मेयरको टिकट पाएका पोखराका धनराजको यस्तो छ संघर्षको कथा — OSNepal

गठबन्धनबाट मेयरको टिकट पाएका पोखराका धनराजको यस्तो छ संघर्षको कथा

LC (KTM) April 29, 2022 0

कविता राय / काठमाडौँ ।

देश यतिबेला स्थानीय तहको निर्वाचनले गर्माएको छ । देशभरका ७ वटा महानगरपालिकामध्येमा सबैको नजर पोखरा महानगरपालिकामा परेको छ यतिबेला ।

र पोखराका मेयरका उम्मेद्धवार नेकपा एकिकृत सामाजवादीका कास्की अध्यक्ष  धनराज आचार्य थप चर्चामा छन् ।
शान्त स्वभावका सबैसँग मिल्न सक्ने दुरदर्शी क्षमताका नेता आचार्य तत्कालिन नेकपा एमाले विभाजन पछि नेकपा एकिकृत सामाजवादी पार्टीमा प्रवेश गरे र कास्कीका संयोजक बने । पार्टीले दिएको जिम्मेवारी पुरा गर्दै नेता आचार्य यतिबेला नेकपा एसको खम्बा मात्रै नभई पोखरेली जनताका आशा र भरोसाका केन्द्रबिन्दु बन्न पुगेका छन् ।

बिद्यार्थी राजनीतिबाट सुरु भएको उनको राजनीतिक यात्रा, किराना पसल, स्टेशनरी, बैंकिङ, पर्यटन, हाइड्रो पावर लगायत १३ भन्दा बढी क्षेत्रमा आवद्ध भई नाम र नाम दुवै कमाउन सफल भए आचार्य । राजनीतिकसँगसँगै उद्योग कलकारखानामा पनि लागिपरिरहेका नेता आचार्य वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा आफ्नो स्पस्ट भिजनका साथ पोखरालाई साँच्चिकै जनताको पोखरा बनाउने उदेश्य बोकेर मैदानमा उत्रिएका छन् ।

को हुन् चर्चामा रहेका धनराज आचार्य ?

कम्युनिस्ट पार्टीमा चार दशक पुरा गरेका आचार्यले १३ वर्षको उमेरमा नै अनेरास्ववियुको सदस्यता लिएका थिए ।

एमाले विभाजन पछि माधव कुमार नेतृत्वको नेकपा ९एकीकृत समाजवादी लाई साथ दिएका उनी कास्कीको भरतपोखरीमा २०२६ सालमा जन्मिएका हुन् । पृथ्वीनारायण क्याम्पस ९पीएन०बाट राजनीति यात्रा सुरु गरेका उनको पोखराको मेयर जिते पोखरालाई गरिबी मुक्त, महानगरका कर्मचारीलाई जवाफदेही र जनतालाई कर तिर्न प्रेरित गर्ने वातावरणे योजना रहेको बताएका छन् ।

राजनीतिसँगै व्यसायमा समेत अब्बल रहेका आचार्यले अहिले पनि प्रकाशन गृह नै चलाइरहेका छन् । स्वर्गीय नेता रवीन्द्र अधिकारीका सहपाठी रहेका आचार्य आफैले राजनीति यात्रा सुरु गरेको पृथ्वीनारायण क्याम्पस व्यवस्थापन समिति सदस्य रहेका छन् ।

शैक्षिक सामग्री उद्योग, स्कुल–कलेज, रासायनिक मल उद्योग, पर्यटन, बैंकिङ,हाइड्रो पावर, कृषि, हस्पिटालिटी जस्ता व्यवसाय गरेका उनी नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको महासचिव हुँदै राष्ट्रिय अध्यक्ष बनेका छन् । एमबीए र एमएड सम्म शिक्षा हासिल गरेका आचार्यले ४५ देशको भ्रमण गरेका छन् ।

धनराजको राजनीति यात्रा

पृथ्वीनारायण क्याम्पस पोखराबाट २०४४ सालमा एमाले निकट अनेरास्ववियु प्रारम्भिक कम्युनिस्ट आन्दोलनमा सहभागी
२०४५ सालमा अनेरास्ववियुको जिल्ला कमिटी सदस्य, २०४६ सालमा सचिव र २०४७ सालमा अध्यक्ष ब
२०५१ सालमा स्ववियु सभापति
२०४८ सालमा धनराज अनेरास्ववियु गण्डकी अञ्चल अध्यक्ष
२०४९ सालमा अनेरास्ववियुको केन्द्रीय कमिटी सदस्य
२०५१ सालमा स्ववियु पृथ्वीनारायण क्याम्पस सभापति
२०५० देखि २०५४ सालसम्म संगठनकै पश्चिमाञ्चल प्रमुख, २०५४ देखि २०५८ सालसम्म केन्द्रीय सचिवालय सदस्य
२०६४ देखि २०६९ सम्म नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको फ्रयाक्सन सचिव
२०६९ देखि २०७४सम्म एमाले सम्बद्ध नेपाल राष्ट्रिय वाणिज्य संघ केन्द्रीय कमिटी अध्यक्ष
२०७१ देखि २०७६ सम्म नेपाल उद्योग तथा व्यवसायी महासंघ स्थायी कमिटी सदस्य,
२०७१ देखि २०७५ सम्म नेकपा एमाले केन्द्रीय उद्योग तथा श्रम व्यवसाय विभाग सदस्य र
२०७५ देखि २०७८ सालसम्म नेकपा उद्योग तथा व्यवसाय विभाग सदस्य

एमालेलाई हराएर चुनाव आफैले जित्ने धनराजको दाबी

पोखरा महानगरपालिकामा नेकपा एसले १२ देखि १५ हजार मतान्तरले चुनाव जित्छ । निर्वाचनको लागि सत्ता गठवन्धन दलले राम्रो संगठन बनाएकाले पोखरेलीहरूको हामीप्रतिको आकर्षण र विश्वास बढेको बताएका उनले राम्रै मतान्तरले चुनाव जित्नेमा आशावादी रहेका छन् ।

पोखरामा एमाले फेल भएको दावी गरेका उनले आफुहरु यो गर्छौ भनेर तयारीसहित आउने भएकाले जनताले विश्वास गर्ने उनको तर्क रहेको छ ।

पोखरा बनाउने सन्दर्भमा पार्टी, साथीभन्दा माथि उठेर लाग्नेछु । पोखराको सिंगो र पूर्ण विकासका निम्ति दिन, तिथिमिति तोकेर अगाडि बढौं भनेर आग्रह गर्दछु । हामी चाहिं यो गर्छौं भनेर प्लानसहित आउँदा जनताले विश्वास गर्नेछन् उनले भनेका छन् ।

आसन्न चुनावमा धनराजको प्रतिस्पर्धा पूर्व सहकर्मी एमालेका उम्मेदवार कृष्ण थापासँग हुँदैछ । गठबन्धनलाई जित्नै पर्ने दबावकाबिच धनराज चुनावी मैदानमा उत्रिँदा एमालेलाई आफ्नो पुरानो विरासत जोगाउनुछ । बिसं २०५४ सालमा थापालाई पोखराको मेयर बनाउन भूमिका खेलेका आचार्य र थापामध्ये कसले मार्ला बाजी त्यो भने केही दिनमा नै थाहा लाग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर