एकीकृत समाजवादीबाट ३५ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको अध्यक्ष नेपालको दावी — OSNepal

एकीकृत समाजवादीबाट ३५ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको अध्यक्ष नेपालको दावी

LC (KTM) April 29, 2022 0

काठमाडौं १६ वैशाख । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले आफ्नो पार्टीबाट ३५ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेको बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित बहिर्गमित जनमुक्ति सेना नेपालको एकता घोषणा कार्यक्रमलाई सम्बोधन अध्यक्ष नेपालल स्थानीय तह निर्वाचनमा उम्मेदवार दिएका मध्ये ३५ जनाको एकल उम्मेदवारी परेको भन्दै निर्विरोध निर्वाचित भइसकेको बताएका हुन् ।

गाउँपालिका अध्यक्ष, १ जना गाउँपालिका उपाध्यक्ष, ६ जना वडाध्यक्ष र २६ जना सदस्यहरू निर्विरोध भएको अध्यक्ष नेपालले बताएका हुन् । गठबन्धनभित्रका दलले अहंकार राख्नु नहुने र वस्तुनिष्ठ भएर सामुहिक रुपमा अगाडी बढ्नु पर्ने बताएका छन् ।

‘यो चुनावको निम्ति मनोनयन दर्ताको समयमा निर्विरोध रुपमा मनोनयन दर्ता भएका केही व्यक्तिहरु मध्ये हाम्रो पार्टीसँग जोडिएका, नेकपा९एकीकृत समाजवादी०सँग जोडिएका, २ जना गाउँपालिकाका अध्यक्षहरु निर्विरोध निर्वाचित भए । १ जना उपाध्यक्ष निर्विरोध निर्वाचित हुनुभयो । ६ जना वडाध्यक्ष निर्विरोध निर्वाचित हुनुभयो । २६ जना सदस्यहरु निर्विरोध निर्वाचित हुनुभयो । नेपालले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर