सभापति देउवा आएपनि उमेदवारी फिर्ता लिएर आत्मसमर्पण गर्ने वाला छैन : जगन्नाथ पौडेल — OSNepal

सभापति देउवा आएपनि उमेदवारी फिर्ता लिएर आत्मसमर्पण गर्ने वाला छैन : जगन्नाथ पौडेल

LC (KTM) April 29, 2022 0

काठमाडौं १६ वैशाख । भरतपुरबाट महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका जगन्नाथ पौडेलले पार्टी सभापति शेरबहादुर देउवा आए पनि आफुले उम्मेदवारी फिर्ता नलिने बताएका छन् ।

सत्ता गठवन्धनको सहमति विपरित बागी उम्मेदवार दिएका पौडेलले प्रधानमन्त्री समेत रहेका देउवा आएपनि आफ्नो उम्मेदावरी फिर्ता नहुने अडान राखेका हुन् ।

चितवन कांग्रेसका कार्यकर्ताको भावनाअनुसार आफू प्रमुखको उमेदवार भएको भन्दै बताएका उनले भनेका छन्, म उहाँहरूकै साथ, सहयोग र भरोसामा अघि बढिरहेको छु,अब सभापति शेरबहादुर देउवा नै आए पनि मेरो उमेदवारी फिर्ता हुन्न ।’

चितवनका जनता र कांग्रेसका कार्यकर्ता नेतृत्वको आदेशमा दुनियाँसामु शिर झुकाउन तयार नभएकाले आफ्नो उमेदवारी फिर्ता लिएर आत्मसमर्पण गर्ने वाला आ फु नभएको बताएका छन् ।

पौडेललाई उम्मेदवारी फिर्ता गराउन गृहमन्त्री बालकृष्ण खाँड आफै भरतपुर स्थित पौडलको निवास पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर