स्थापितले भने - अन्तर्राष्ट्रिय ठग बालेनले आफूलाई मधेसको नभई काठमाडौंको भनेर झुक्याए — OSNepal

स्थापितले भने – अन्तर्राष्ट्रिय ठग बालेनले आफूलाई मधेसको नभई काठमाडौंको भनेर झुक्याए

LC (KTM) May 01, 2022 0

काठमाडौं १८ वैशाख । नेकपा एमालेको तर्फबाट काठमाडौं महानगपालिकाको मेयरका उम्मेदवार केशव स्थापितले स्वतन्त्र उमेदवार बालेन शाहलाई अन्तर्राष्ट्रिय ठग भएको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा स्थापितले आफूलाई मधेसको नभई काठमाडौंको भनेर झुक्याइरहेको आरोप समेत लगाएका छन् ।

‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ । त्यो त अन्तर्राष्ट्रिय ठग रहेछ । युवाहरूले सुनौँ है । म सित परिचय गर्दा पनि म काठमाडौंमा जन्मेको पहाडिया ठकुरी भनेका थिएँ, ‘ स्थापितले भने ।

सुरुवातमै ठग कुरा गर्ने बालेनको टिकटमा मधेसतिरको साह भएको खुलासा गरेका उनले भने , ‘सुरुवातमै ठग कुरा गर्ने ? दर्तावाला ठग रहेछ । यसरी सबै काठमाडौंवासीलाई ठग्न पाइन्छ ? ‘

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर