निर्वाचनको मुखैमा एमालेले ६ जनालाई पार्टीबाट निष्काशन गर्यो — OSNepal

निर्वाचनको मुखैमा एमालेले ६ जनालाई पार्टीबाट निष्काशन गर्यो

LC (KTM) May 02, 2022 0

बुटवल १९ वैशाख । निर्वाचनको मुखैमा नेकपा एमालेले ६ जना प्रदेश कमिटीका सदस्यलाई निष्काशन गरेको छ ।

पार्टीको निणर्यविपरित लागेको भन्दै एमालेले लुम्बिनी प्रदेश कमिटीका ६ जना सदस्यलाई निष्काशन गरेको हो । पार्टीबाट निष्काशित हुनेमा स्वतन्त्र उम्मेदवार दिएका पनि परेका छन् ।

जसमा कपिलवस्तुका कुमार मधु बेलबासे, पाल्पाका रामबहादुर रावल र दिनेश रावल, प्यूठानका टिकाबहादुर गुरुंग, रुपन्देहीका सञ्जय गुप्ता र बाबुलाल यादव रहेका छन् ।

एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कंडेलले सोमबार एक विज्ञप्ती सार्वजनिक गरेर पार्टीबाट ६ जना निष्काशन गरेको जानकारी गराएका हुन् ।

पार्टीमा देखिएको अनुशासनहीनता क्षम्य हुन नसक्ने विज्ञप्तीमा बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर