नेपालले भने - नेताका छोराछोरी पनि योग्यता र क्षमताले मात्र अघि बढ्छन् भन्ने उदाहरण हुन्, रेणु दाहाल — OSNepal

नेपालले भने – नेताका छोराछोरी पनि योग्यता र क्षमताले मात्र अघि बढ्छन् भन्ने उदाहरण हुन्, रेणु दाहाल

LC (KTM) May 05, 2022 0

चितवन २२ वैशाख । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार रेनु दाहाल विकास प्रेमी मेयर भन्नमा कुनै शंका नै नभएको बताएका छन् ।

बिहिबार चितवनमा सत्ता गठवन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले रेणु अध्यक्ष प्रचण्डको छोरीको रपमा मात्र नबुझ्न भन्दै भरतपुरले विकासप्रेमी मेयर पाएको बताएका छन् ।

नेताका छोराछोरी पनि योग्यता र क्षमताले मात्र अघि बढ्ने बताएका उनले सम्बोधनमा भने , ‘कोही योग्य छन् भने आफ्नो योग्यताका आधारमा आउने हुन् । बाबुको आधारमा होइन । कोही योग्य छ भने छोरी भनेर छेक्नु पनि हुँदैन ।’

पवित्र उद्देश्यले संयुक्त गठवन्धन बनाएको बताएका उनले यसले गठबन्धन दललाई फाइदा भएको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर