आफ्नै बुवा र आमाको हत्या गरेको अभियोगमा २५ वर्षीय आइतराज पक्राउ — OSNepal

आफ्नै बुवा र आमाको हत्या गरेको अभियोगमा २५ वर्षीय आइतराज पक्राउ

LC (KTM) May 06, 2022 0

ताप्लेजुङ २३ वैशाख । आफ्नै बुवा र आमाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको फक्ताङलुङ गाउँपालिका-६ गोटी थाङ्गा बस्ने २५ वर्षीय आइतराज लिम्बु रहेका छन् ।

निजालई प्रहरी चौकी लेलेपबाट खटिएको प्रहरीले खुकुरी सहित बिहीबार साँझ पक्राउ गरेको हो ।

निजले बुवा ७० वर्षीय बीर्ख बहादुर लिम्बु र आमा ७२ वर्षीया थिपरानी लिम्बुको खुकुरी प्रहार गरी हत्या गरेको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर